४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण लिएका छन् ।
मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए । मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइन्सेन्स दिने क्रममा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए ।