माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप

होमल्याण्ड खबर

२०८१ मंसिर ५ गते, बुधबार १६:२५ मा प्रकाशित

सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो क्रममा प्रहरीको बल प्रयोग गर्दा केही घाइते भएका छन् ।

सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो ।