अब कुमारी बैंकले लाभांश शेयर दिने

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार १०:४५ मा प्रकाशित

कुमारी बैंकले शेयर लाभांश दिने भएको छ। बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ। बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ। लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८  अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्ने देखिन्छ।

यस्तै स्टकले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको शेयर कारोवारमा रोक लगाएको छ।