८ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन् ।
‘विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं । हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं’ उनले भने, ‘चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन ।’
विआरआइैअन्तर्गत नै अनुदान सहयोग दिन उनले आग्रह गरे । प्रवक्ता महतले भने, ‘विआरआइको कुरा भइरहेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाको कुरा पनि हुनुहुन्न भन्ने हाम्रो कुरा हो । विआरआईअन्र्तगत नै अनुदान कार्यान्वयन गरे भयो ऋण लिनुहुन्न भनेका हौं ।’