होमल्याण्ड खबर
२०८१ मंसिर १६ गते, आईतवार १०:२९ मा प्रकाशित
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।
सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन आज नगर दर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाह पञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।