२७ फाल्गुन २०८२, बुधबार
विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्।


शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति थियाे ।