आज पनि सकिएन रवि लामिछानेकाे बयान

होमल्याण्ड खबर

२०८१ मंसिर १६ गते, आईतवार १६:१३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आजका लागि सकिएकाे छ । शुक्रवार देखी काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे थियाे, बयान अझै नसकिएकाले भाेली पनि जारी रहने भएकाे छ ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा साेमवार सम्म काठमाडौंमा नै रहने भएका छन् । बयान सकिए पछि सम्भवतः भाेली पाेखरा फर्काइने छ ।

शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घन्टा लामाे बयान दिएका छन् ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।