कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी विजयी

होमल्याण्ड खबर

२०८१ मंसिर १७ गते, सोमबार १५:११ मा प्रकाशित

रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।

कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेसको चुनाव चिन्हमा लडेकी एमालेकी केशकुमारी तुलाचन २ हजार १२८ मतमा रोकिइन् ।