मेलम्चीको पानी कहिले होला खानी ? जिम्मेवारी पन्छाउँदै सचिवदेखि इन्जिनियरसम्म ट्याङकीमा काम बाँकी इन्जिनियर पुग्दैनन् साइटमा

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार १२:३६ मा प्रकाशित


हिउँद बेढेसँगै काठमाण्डौंका इनारमा पानीको सतह गहिरिदै गएको छ । दशैंमा नै पानी आउने आश्वासन दिएकी खानेपानी मन्त्री विना मगर संसदको सार्वजनिक सुनुवाइमा सहभागी नभएको प्रति नेकपाकै संसदले आपत्ति गरेका थिए ।

सदनमा सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका थिए । संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैंअघि आउँछ भनेको मेलम्चीको पानी कहिले आउँछ भनी प्रश्न गरे पनि भरपर्दो जवाफ भने पाएनन् ।
बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताएका थिए । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका थिए ।

मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित थिइनन् । मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति जनाए । पूर्वप्रधानमन्त्री खनालले ‘यति महत्त्वपूर्ण छलफलमा मन्त्री नआनु दुखद हो’ भने । सांसद गणेश पहाडीले भने ‘सचिवज्यू आफूले प्रस्तुति नराखेर सेफ हुन खोज्नुभएको हो ? यो मिनी संसद हो, यसको अपमान नगरी गम्भीर बन्नुहोस् ।’

ट्याङकीमा काम, बाँकी इन्जिनियर पुग्दैनन् साइटमा

मेलम्चीको पानी रिजर्भ गर्नु पर्ने ट्याङकीको निर्माण कार्य सकिएको छैन । कीर्तिपुर स्थित नयाँ बजारमा निर्माणाधिन ट्याङकीको वाटर प्रुफसम्वन्धी काम भैरहेको मजदुर बताउँछन् । उक्त प्रोजेक्टका इन्जिनियर देवेन्द्र यादव निर्माणस्थलमा भेटिदैनन् । दशै अधि नै सम्पन्न भैसक्नु पर्ने ट्याङकीको निर्माण कार्य बाँकी भएकोप्रति इन्जिनियर यादव जानकार भएको बताए पनि निर्माण कार्य नसक्नुको कारण अर्को साइटको पनि डेडलाइन सकिएको जनाएका छन् ।
इन्जिनियर यादवका अनुसार प्राथमिकतामा छैन । २–३ जना सामान्य मजदुरका भरमा छोडिएको छ । महिनौसम्म पनि इन्जिनियर निर्माणस्थलमा नपुगेको मजदुरहरु बताउँछन् । होमल्याण्डसँगको छोटो प्रतिक्रियामा यादवले भने ‘हामी भ्याइ नभ्याइको अवस्थामा छौं ।’