ताेलामा १०० रुपैयाँले बढ्याे सुनकाे मुल्य

होमल्याण्ड खबर

२०८१ मंसिर १९ गते, बुधबार ११:५३ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।