कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

होमल्याण्ड खबर

२०८१ मंसिर १९ गते, बुधबार १२:३३ मा प्रकाशित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

एनपिएलमा काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो ।