पोखराले जनकपुरलाई दियो १ सय ३९ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८१ मंसिर २० गते, बिहीबार ११:०९ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।

पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । यस्तै, माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए ।
३ नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।

बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए । जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनको नाममा १-१ विकेट रह्यो ।