३ पुष २०८१, बुधबार
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत विराटनगर किङ्सले काठमाण्डू गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै ११७ रन मात्र जोड्न सक्यो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । यस्तै दिपक बोहराले २०, स्कट एडवार्डले १५, बसिर अहमदले १३ रन बनाए। ।
काठमाडौंका लागि जेरार्ड एरासमसले ३ विकेट लिए । यस्तै दिपेश कँडेलले २ विकेट लिए ।