१४ मंसिर २०८१, शुक्रबार
आज मार्ग कृष्ण त्रयोदशी । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात बुधबार साँझ दिवंगत पितृका नाममा दीपदान गरिँदैछ ।
आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँछन् र शिवालय पुगी शतबीज छर्छन् । बोलीचालीको भाषामा ‘सत्बीज छर्ने’ भनिने शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ विश्वास छ ।
मंसिरको चिसो काट्न कठिन हुने भएकाले बत्ती बाल्नेसँग गएकाहरूले रातभर भजनकीर्तन गर्छन् ।
केही वर्षयता भने चलनचल्तीका दोहोरी गाएर रमाइलो गर्ने चलन छ ।