चोट लागेको अवस्थामा बालकोटमा बुबा-छोराको शव फेला, अर्का एक छोरा बेपत्ता

होमल्याण्ड खबर

२०८१ पुष ८ गते, सोमबार १३:१६ मा प्रकाशित

भक्तपुरमा शंकास्पद रुपमा बुबा-छोराको शव फेला परेको छ ।

भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएको अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्। उनीहरूसँगै कुलप्रसाद अर्का एक छोरा पनि बस्दै आएका थिए। उनी भने बेपत्ता छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्त ढुन्डिराज न्यौपानेका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थाई घर भएका ती उनीहरू कोठा भाडामा लिएर भक्तपुरमा बस्दै आएका थिए।

उनीहरूको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेको र यस बारेमा अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।

कोठाभित्रै चाबी लगाएको अवस्थामा आज साेमबार बिहान उनीहरुको शव फेला परेको हो।