३० फाल्गुन २०८२, शनिबार
बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।


घटनापछि जेठा छोरा मिलन फरार थिए । उनले मंगलबार महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा मिलनले हत्या स्वीकार गरिसकेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।