आज सुनको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८१ पुष १४ गते, आईतवार ११:२७ मा प्रकाशित

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।