आज दुई संसदीय समितिको बैठक बस्दै

होमल्याण्ड खबर

२०८१ पुष १६ गते, मंगलवार ११:२५ मा प्रकाशित

आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण  गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।