५ देशका राजदूतले लिए शपथ

होमल्याण्ड खबर

२०८१ पुष १७ गते, बुधबार १२:५३ मा प्रकाशित

विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले  शपथ लिएका हुन् ।