सेयर बजारमा ४.६३ अंककाे वृद्धि

होमल्याण्ड खबर

२०८१ पुष १८ गते, बिहीबार १५:५८ मा प्रकाशित

साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।