डोटीको जंगलमा युवती मृत फेला

होमल्याण्ड खबर

२०८१ पुष २४ गते, बुधबार १०:४० मा प्रकाशित

डोटीमा एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका १ तुसे बस्ने २१ वर्षकी अनिता मल्ल मृत फेला परेकी हुन् । बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो । खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि  डडेल्धुरा अस्पताल  पठाइएको इलाका प्रहरी कार्यलयले जनाएकाे छ। उनी गर्भवती रहेको खुलेको छ ।