सुनको मूल्य ८ सयले बढ्यो

होमल्याण्ड खबर

२०८१ पुष २५ गते, बिहीबार १२:४१ मा प्रकाशित

 नेपाली बजारमा आज सुनको मूल्य ८ सयले बढेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार ८४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।