३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएकी छिन् ।
राष्ट्रपति भण्डारी जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी मंसिर १५ शनिबार पोल्याण्ड प्रस्थान गरेकी थिइन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन् ।
उनले जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।
राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्ड गएका थिए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरे ।