यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

होमल्याण्ड खबर

२०८१ पुष २६ गते, शुक्रबार १३:१५ मा प्रकाशित

मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन् ।

नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।