पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्वाचित गर्दै

होमल्याण्ड खबर

२०८१ पुष २८ गते, आईतवार ११:५३ मा प्रकाशित

 मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अधिबेसन धादिङबेसीमा सम्पन्न भएको छ ।

चौथो जिल्ला अधिवेशनले अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाल सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित खनाल विगत लामो समयदेखी मानवधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल छन्।

अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।

अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गर्दै समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्ने बताए।

अधिवेशनलाई नेकपा एमाले बागमति प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमति प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुभकामना व्यक्त गरे।