जय ट्रफी : उपाधिका लागि पुलिस र आर्मी भिड्ने

होमल्याण्ड खबर

२०८१ पुष २८ गते, आईतवार १६:२४ मा प्रकाशित

नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन्। पुलिसले बागमतीलाई र त्रिभुवन आर्मीले मधेशलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

याे सँगै बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।

आइतबार भएकाे खेलमा बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो। पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो।

फाइनल खेल तीन दिवसीय हुनेछ। खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ।