आज पनि बढ्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८१ पुष २९ गते, सोमबार ११:३६ मा प्रकाशित

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी पनि ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।