सुनको मूल्य तोलामा १ लाख ५७ हजार

होमल्याण्ड खबर

२०८१ माघ ७ गते, सोमबार १२:५४ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।