स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८१ माघ ७ गते, सोमबार १४:१० मा प्रकाशित

मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । सावित्री धामीले १० रन जोडिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।