९ मंसिर २०८१, आईतवार
नेपाल बैंक लिमिटेडले आम निक्षेपकर्ताको हीतलाई ध्यानमा राखी आकर्षक ब्याजदरसहित निःशुल्क विविध बैंकिङ सेवा तथा सामाजिक सुरक्षाजस्ता सेवा सुविधा समाविष्ट नागरिक बचत खाता बजारमा ल्याएको छ ।
न्यूनतम १० हजार रुपैयाँमा बैंकका देशभरका शाखाबाट खोल्न सकिने यस नागरिक बचत खातामार्फत नेपाल बैंकसँग आबद्ध हुने ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २५ हजार रुपैयाँसम्मको औषधिउपचार सुविधाका साथै भिसा डेविट कार्ड, एबीबीएस, सीआस्बा, डिम्याट, मेरो सेयर, इन्टरनेट बैकिङ ,स्मार्ट मोबाइल बैंकिङ लगायतका नेपाल बैंकबाट उपलब्ध सेवाहरु निःशुल्क प्राप्त गर्ने छन् ।
यसैबीच यस बैंकका नागरिक बचतका ग्राहकलाई उपलव्ध गराइने उपरोक्तानुसारको दुर्घटना बिमा र औषधिउपचार सुविधाको सुनिश्चितता निम्ति बैंकले आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईएमई जीआईएल ) सँग एक सम्झौता गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हस्ताक्षर गरे ।