राष्ट्रपतिले आह्वान गरे संसद्को हिउँदे अधिवेशन

होमल्याण्ड खबर

२०८१ माघ ८ गते, मंगलवार १४:२१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।