प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

होमल्याण्ड खबर

२०८१ माघ ८ गते, मंगलवार १६:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज (मंगलबार) शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।