ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भिम रावल

होमल्याण्ड खबर

२०८१ माघ ९ गते, बुधबार १२:२१ मा प्रकाशित

मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन् ।

सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेण्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए ।

उनले भनेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ ।

एमालेबाट निस्कासित भएपछि नेता रावल अध्यक्ष ओलीप्रति आक्रोश पोख्दै आइरहेका छन् ।