मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ : योगेश भट्टराई

होमल्याण्ड खबर

२०८१ माघ ९ गते, बुधबार १४:२२ मा प्रकाशित

सांसद योगेश भट्टराईले मूल्य बढ्नुमा संयोग नभएर नियत खराब भएको हुनसक्ने बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।

‘निर्माणको सिजनमा मूल्य वृद्धि गरिएको छ । तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको छ, सांसद भट्टराईले भने, ‘मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै ?’

साथै उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । भट्टराईले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नहुने समेत बताए ।