५ बैशाख २०८२, शुक्रबार
सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ६५.४५ विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेको नेप्सेमा बुधबार सवा ५२ अंकले बढेको हो ।
उक्त दिन कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ३७ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।
९० हजार ६ सय ९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक धेरैले बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।