२९ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा बयानका लागि रवि बुधबार अदालतमा हाजिर भएका थिए ।