कांग्रेसले बोलायो संसदीय दलको बैठक

होमल्याण्ड खबर

२०८१ माघ ११ गते, शुक्रबार १२:३९ मा प्रकाशित

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए  । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।