२९ फाल्गुन २०८२, शुक्रबार
आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । जोहोर क्रिकेट एकेडेमीमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
समूह ‘डी’ मा रहेकाे नेपाल यसअघि नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। उता समूह ‘ए’ मा रहेकाे मलेसिया भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।


सुपर ६ बाट बाहिरिसकेका दुवै टोली अब प्लेअफमा भिड्न लागेका हुन्।