२९ फाल्गुन २०८२, शुक्रबार
कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आराेप लागेका मदन राई दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।
शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईमाथि सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

