मन्त्रिपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०८१ माघ १५ गते, मंगलवार १०:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।