२७ फाल्गुन २०८२, बुधबार
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ ।
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबलकार समूह’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप समेत भएको थियो ।स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

