फास्ट ट्रयाकमा अध्यादेश पारित गर्ने सरकारको निर्णय

होमल्याण्ड खबर

२०८१ माघ १५ गते, मंगलवार १६:४५ मा प्रकाशित

सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ बताए ।

उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए। उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए।

उनले भने, ‘सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको हो। अध्यादेश संसद् छलेर भागेका छैनौं। संसदमा दर्ता भइसकेको छ। छलफल गरेरै पारित हुन्छ। विपक्षीले संसद छल्ने बद्नियत भनेपछि हाम्रो त्यस्तो छैन।’