अर्थब्यागः अर्को विकल्प

होमल्याण्ड खबर

२०७४ मंसिर २७ गते, बुधबार ०७:११ मा प्रकाशित

 

होमल्याण्ड खबरः निर्माणका क्रममा नयाँ विधि र प्रविधिको चासो बढिरहेको बेलामा एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले अर्थब्यागको प्रयोग गरेको छ । पाँच सय वर्ष लाइफ टाइम हुने बताइएको यो प्रविधिलाई समरिटान्स पर्स नामको संस्थाले भित्राएको हो ।
युद्घको समयमा बंकर निर्माणका क्रममा प्रयोग गरिएको भनिएको यो प्रविधि बिकट क्षेत्रमा सिमेन्ट तथा इटाको विकल्पको रुपमा हुने समरिटान्स पर्सका राष्ट्रिय कार्यक्रम प्रबन्धक लक्ष्मेश्वार महतोेले बताए । महतोका अनुसार रसुवा, काभ्रेपलाञ्चोक तथा गोरखा जिल्लाका विभिन्न स्थानमा यो प्रविधिको प्रयोग भैरहेको छ ।

वातावरणीय दृष्टिले पनि उपयूक्त मानिएको यो अर्थब्यागको प्रयोगले तातो मौसममा शिलत र जाडो मैसममा न्यानो बनाउने प्रबन्धक महतोेको भनाइ रहेको छ । पूनर्निर्माण प्राधिकरणले पनि मान्यता दिएको यो प्रविधि प्रारम्भिक चरणमा रसुवाको लामटाङ, काभ्रेको पनौती नगरपालिका अन्तरगत राले, म्याथिनकोट र श्रीबासमा निर्माण कार्य शुरु गरिएको छ । प्रारम्भिक चरणमा २ सय ५० घर छनौट गरी निर्माण गरिएको भए पनि डिसेम्बरसम्ममा ५ सय घरको निर्माण सम्पन्न गर्ने लक्ष्य भएको प्रबन्धक महतोेले जनाएका छन् ।
सस्तो र स्वस्थ्यवर्धक देखिएपछि धेरै तर्फबाट यसको माग बढेको बताइएको छ । ‘पूर्ननिर्माणका क्रममा छिटो, सजिलो र बलियो निर्माणका लागि यो अर्को विकल्प हुन सक्छ’ महतोेको भनाइ छ ।