सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक जारी

होमल्याण्ड खबर

२०८१ माघ १७ गते, बिहीबार ११:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको हो।

संसद्को हिउँदे अधिवेशनको तयारीका लागि विपक्षी दल जुटेका हुन् ।

सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे संसद्मा कसरी उपस्थित हुने भन्ने रणनीति बैठकले तय गर्ने छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधि सहभागी छन् ।

आजै दिउँसो १ बजे माओवादी केन्द्रले संसदीय दलको बैठक पनि बोलाएको छ