निलम्बन फुकुवाको निवेदन बाेकेर संसद सचिवालय पुगे रवि लामिछाने

होमल्याण्ड खबर

२०८१ माघ १८ गते, शुक्रबार ११:५० मा प्रकाशित

रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन्।

केही बेरमा सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताएका छन्।

निवेदन फुकुवाको निवेदन विधिवत् दर्ता भइरहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।