३० कार्तिक २०८१, शुक्रबार
अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्ने भएको छ ।
मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो ।
प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद्को बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्रीहरूले परिषद् बैठक बोलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए यसअघि बैठक बस्न सकेको थिएन । प्रदेश सरकार गठन भएको दश महिनापछि परिषद् बस्न लागेको हो ।
बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइपुगेका छन् ।
बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी हुनेछन् ।
सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।