२९ फाल्गुन २०८२, शुक्रबार
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तिनिहरु मध्य केही सङ्ख्यामा नयाँ कुष्ठ रोगी पनि फेला परेका छन् ।
झामा रहेका १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठ रोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एकरएक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँचरपाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुईरदुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठ रोगी फेला परेका हुन् ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको छ । हाल हात्तीपाइले रोगीको सङ्ख्या करिब दुई हजार दुई सय रहेको छ।