सुनसहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

होमल्याण्ड खबर

२०८१ माघ २२ गते, मंगलवार १५:०१ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट आएकी काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको प्रहरीले जनाएको छ ।