रविविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

होमल्याण्ड खबर

२०८१ माघ २३ गते, बुधबार ११:२५ मा प्रकाशित

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।

साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।

‘लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।