पाँचौं खेलमा नेपाल १० विकेटले पराजित

होमल्याण्ड खबर

२०८१ माघ २३ गते, बुधबार १५:३६ मा प्रकाशित

त्रीदेशीय महिला टी-२० आई शृखंलाको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ। टियु क्रिकेट मैदानमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले २ बल अगावै पूरा गरेको हो। नेदरल्यान्ड्सका लागि स्टेर्री कालिजले अविजित ९८ रन बनाइन् भने फेबे मोल्केनबोयरले अविजित ४८ रन बनाइन्।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन बनाइन्।

यसअघि नदेरल्यान्ड्ससँगको दुई र थाइल्यान्डसँगको दुई खेलमा नेपाल पराजित भएको थियो। नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ।